लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

काठमाडौँ । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार