त्रिशूली अस्पतालबाट दिन थालियो सघन उपचार सेवा

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको जानकारी दिए ।

अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसगैँ दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन् । अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार