नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित

बेनी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । बुटवलको भलबारीमा शुक्रबार सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनमा ७१८ मत प्राप्त गरी बरुवाल नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरूवालले ७१८ मत सहित निर्बाचित १२ जना उपाध्यक्षहरूमध्ये ८ औं उत्कृष्ट मत ल्याउन सफल हुनुभएको छ। बरुवाल २०२० शाखा अध्यक्षको जिमेवारी समेत सम्हानुभएका बरूवालले विभिन्न समयमा कार्यक्रम संयोजकको भुमिका निर्वार र थुप्रै अवार्डबाट समानित भैसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार