निस्कोटका मृगौला पीडित पुनलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला फेल भई पोखरा स्थित आस्था क्लिनिक अस्पतालमा उपचाररत ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय युवा साजन पुनका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ४र ५ मा संकलित ३७ हजार सात सय ७० ,मालिका गाउँपालिका वडा नम्बर २ मा संकलित २५ हजार १ सय १५ तथा मालिका गाउँपालिका वडा नम्बर १ स्थित पुन युनाईटेड युवा क्लबबाट दश हजार रुपैयाँ गरी पीडित पुनलाई उपचारका लागि हस्तान्तरण गरिएको हो । सो रकम साजन र नारायण पुनले हस्तान्तरण गरेका हुन् । साजन पुन सहित भीम राज पुन,नायारण पुन र खिम राज पुनको संक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार