अग्निपीडितलाई राहत वितरण

लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ ।

गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो ।

पीडित परिवारको घरमै पुगेर हर्ष नेपालका पदाधिकारीले एक क्विन्टल चामल, घर बनाउन रु ५० हजार नगद र कम्बल वितरण गरेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार