काठमाडौँबाट एक हुन्डी कारोबारी पक्राउ

काठमाडौं । अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् ।

महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फेला पारेको थियो । उनको शरीर तलासी गर्दा उनको साथबाट हालसम्म स्रोत खुलाउन नसकेको हुन्डी कारोबारको १३ लाख ५ हजार रुपैयाँ प्रहरीले फेला पारेको थियो ।

तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार