कोटेश्वर जडिबुटीस्थित एक खाजा घरमा काम गर्ने युवती मृत फेला

काठमाडौं । कोटेश्वर जडिबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया युवती मृत फेला परेकी छिन् । जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषा परियारको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

जडिबुटीमा रहेको न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने मनिषा सो खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्थिन् । काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् । बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार