बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुबाट एक कोरोना संक्रमित विरामी बेपत्ता

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकजना कोरोना संक्रमित विरामी हराएका छन । गत बुधबार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष हराएका हुन ।

आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिएकी छिन । उनले भनिन, ‘हिजो साँझ फोन गर्दा यहाँका डक्टर र नर्सहरुले मलाई धन्न मारेनन् । मलाई लिन आउनु भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईको बिरामी छैनन भनेर भन्ने जवाफ आयो ।’

उन भनिन, ‘अहिले बिरामीको फोन अफ छ । कहाँ छन पत्तो छैन । खोजी गर्नुपर्‍यो । अस्पतालकै लापरवाहीले गर्दा यस्तो भएको हो ।’

उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ । अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो ।

आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार