![](https://myagdinews.com/wp-content/uploads/2020/12/nekapapardashan.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । काठमाडौंका विभिन्न १३ स्थानबाट विरोध प्रदर्शन सुरु भएको हो ।
संसद विघटन विरुद्ध आज बृहत् जनप्रदर्शन गर्ने लागेको हो । देशभर हुने उक्त बिरोध प्रदर्शनमा उक्त पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने प्रचण्ड–माधव समूहको तयारी छ ।
त्यसैगरी राजधानीमा पनि सो पार्टीले ठूलो संख्यामा जनताहरुको उपस्थिति गराउने भएको छ । मंगलवारको उक्त जनप्रदर्शनमा राजधानीका विभिन्न क्षेत्रहरुको नेतृत्व विभिन्न नेताहरुले गर्ने भएका छन् ।
राजधानीमा हुने प्रदर्शनमा सहभागी हुन काठमाडौं उपत्यका वरपरका जिल्लाबाट समेत कार्यकर्ता सहभागी भएका छन् । नागरिक खबरबाट साभार