भारतमा फुटपाथमा सुतिरहेका मजदुरहरुमाथि ट्रक गुड्दा १३ जनाको मृत्यु

एजेन्सी । भारतीय राज्य गुजरातमा गएराति फुटपाथमा सुतेका मजुदरहरुलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

गुजरातको सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरहरु माथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए। दुर्घटनामा ६ जना घाइते भएका छन । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार