लुटपाटमा संलग्न ३ महिलासहित ४ जना पक्राउ

काठमाडौं । लुटपाटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई पक्राउ गरेको छ। ललितपुरको च्यासलमा एक महिलालाई लुटेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुर भारदेउकी ३० वर्षीया सुस्मिता डिम्डो र ललितपुर नल्लु घर भई चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ्ग रहेका छन्।

उनीहरुले गत पुस १३ गते दिउँसो साढे २ बजे नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीलाई लुटेको प्रहरीले जनाएको छ। ठकुरीले उक्त समूहले आफूसँग २ थान सि माला, १ थान पहेंलो पत्थर, १ थान टल्कने धातु र पुराना सिक्का १४ थान लुटेको प्रहरीमा निवेदन दिएकी थिइन्।

त्यसपछि उनीहरुलाई उक्त सामग्रीसहित ललितपुरको च्यासलबाट पुस २३ गते साँझ साढे ५ बजे पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेको उक्त समूहमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार