सूर्योदय लघुवित्त वित्तीयद्धारा बाढी पहिरो पिडित परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

बेनी । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड दरबाङ शाखाले म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा शाखा कार्यालय रहेको संस्थाले मालिकाको बिम र देबिस्थान तथा धवलागिरीको मराङ र धारापानीका बाढी पहिरो पीडित परिवारलाई एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाको शाखा कार्यालय प्रमुख दधिलाल किसानका अनुसार मराङमा चालिस हजार ,बिममा पन्ध्र हजार ,धारापानिमा पचास हजार , देविस्थानमा चालिस हजार र मल्पारमा पाँच हजार रुपैयाँ सहयोग गरिएको छ । सो सहयोग रकम बाढी पहिरो पीडितलाई कार्यालय प्रमुख किसान सहित संस्थाका प्रतिनिधिले घरमै पुगरे वितरण गरेका थिए । बाढी पहिरो पीडित परिवारलाई राहत पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ । गत असार २५ र २६ मा अविरल बर्षाका कारण आएको बाढी पहिरोका कारण म्याग्दीमा ठुलो मानविय तथा भौतिक क्षती भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार