कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

बेनी । जिल्ला कारागार म्याग्दीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई करिब २ सय थान पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल यूवा परिषद् र लियो क्लव अफ म्याग्दीको संयुक्त आयोजनामा शनिबार कारागारमा आयोजित कार्यक्रममा प्रजिअ उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक श्याम राईले कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गर्नुभएको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा प्रजिअ अधिकारीले कारागारमा कैदीलाई कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने बताउनुभयो ।

‘कैदीबन्दीहरु समाजमा फर्किएर सामान्य जिवनयापन गर्न यहाँको बसाईलाई उपलब्धीमुलक बनाउनुपर्छ’प्रजिअ अधिकारीले भन्नुभयो । कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण बनाउन राज्यका निकायसँगै विभिन्न संघसंस्थाले समेत समेत रचनात्मक सहयोग गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा नेपाल यूवा परिषद्का अध्यक्ष छवि आचार्य र लियो क्लवका अध्यक्ष झलक खत्रीले ब्यक्तिगत तथा संस्थागत रुपमा सामान्य जीवनमा उपयोगी हुने प्रेरणादायक, जीवनोपयोगी पुस्तक संकलन गरी हस्तान्तरण गरेको बताउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कैदीवन्दीका चौकीदार बसन्त रोकाले अध्ययन गर्ने वातावरण सिर्जना गरी सकारात्मक परिवर्तन ल्याउन पुस्तकालय स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । म्याग्दीका यूवाहरुले रचनात्मक कार्यहरु गदैं आइरहेका छन् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार