माइतीघरमा प्रतिनिधिसभा विघटनका विरुद्ध धर्ना , प्रचण्ड र माधव नेपालले दिए साथ

काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् । मूलसडकमै जारी धर्नाका लागि अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित भएको छ । ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन र जनसभा गर्दै आएको छ ।

ओली पक्षले पनि प्रचण्ड–नेपाल समूहको जवाफी शैलीमा जनसभा र प्रदर्शन गर्दै आएका छन् । यद्यपि ओली पक्षले भने सडकमा उठेको भ्रम चिर्दै चुनावी वातावरण बनाउन सभा गर्दै आएको बताएका छन् । नागरिक खबरबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार