साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खोल्ने पक्राउ

काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेका छन् ।

ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको हो । पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको प्रहरीको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार