बढी कर लिएको भन्दै व्यवसायी आन्दोलित

काठमाडौं । सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मंगलबार यातायात व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाहरुका साथै श‌ैक्षिक क्षेत्रसँग सम्बन्धित संस्थाहरु प्याब्सन, एनप्याब्सन, होटल संघ, क्याटरिङ संघ,व्यापार संघ, पर्यटन संघ, लगायत मध्यमवर्गीय र निम्नवर्गीय पेशा व्यवसायी आवद्व ३६ वटा आन्दोलनमा सहभागी भएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।

उनले सरकारले यस्ता क्षेत्रहरुमा ५२ प्रतिशतदेखि २ हजार ६ सय प्रतिशतसम्म जरिवाना लिने गरेको दाबी गरे । यातायात क्षेत्रमा २६ गुणासम्म जरिवाना लिएको उनको भनाइ छ । सरकारको यस्तो कदम विरुद्ध ती संस्थाहरु मिलेर अहिले ती कोरोना महामारी पीडित संघर्ष समिति गठन गरेका छन् । सो समितिले भोलि (मंगलबार) प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्ने तयारी गरेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार