काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गर्ने मोटरसाइकल र्यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी छ ।
नेता महेश बस्नेतले नेतृत्वमा निस्कने मोटरसाइकल र्यालीका लागि रूट पनि तय भएको छ । बालकुमारीबाट सुरु हुने र्याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुनेछ । नागरिक खबरबाट