रिट निवेदन बोकेर सभामुख सापकोटा सर्वोच्च अदालतमा

काठमाडौं । संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएका छन् । त्यसका लागि सभामुख सापकोटा अहिले सर्वोच्च अदालत पुगिसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।

अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।

सभामुखको रिटमा संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियुक्ती र उनीहरुका काम कारवाही बदरको माग गरिएको छ । यसअघि संवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छिन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार