प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय जाने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल आयोग जान लागेको उनले बताए ।

तर प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले आयोगमा नेकपको आधिकारिकता दाबी गरेमा नेकपा विभाजनले ‘औपचारिकता’ प्राप्त गर्नेछ ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिध सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । ओली र प्रचण्ड–नेपाल गरी दुई भिन्न समूह क्रियशिल छन् । उनीहरुले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्दै आइरहेका छन् ।

गत माघ २० गते नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर आधिकारिकताका लागि आयोगमा निवेदन दिइसकेका छन् भने ओली समूहले प्रथम अध्यक्ष र महासचिव रहेको पक्षनै आधिकारिक हुने दाबी गरिरहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार