चीनले थप ३ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ । चीनले उपलब्ध गराउने कोरोनाविरुद्धको खोप त्यहाँ उत्पादित सिनोफार्म हो । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार