पत्रकार पूर्णिमा श्रेष्ठको टोली अन्नपूर्ण आरोहणमा

पोखरेबगर । पत्रकार पूर्णिमा श्रेष्ठ अन्नपूर्ण हिमाल आरोहणको लागि शनिबार म्याग्दी आउनुभएको छ। गोरखा आरुघाटकी पूर्णिमालाई शनिबार एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले आरोहण सफलताको कामनासहित टोलीलाई बिदाई गर्नुभयो ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए।

अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणलाई सफल बनाउन अध्यक्ष क्याप्टेन बर्गुजाले व्यक्तीगत एक लाख र गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ। पूर्णिमाले पनि मौरिसको पदचिन्ह पच्छ्याउँदै अन्नपूर्ण चुचुरोतिरको यात्रा गर्नुहुनेभएको छ । उहाँलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने लक्ष्यसहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।

८०९१ मिटर अग्लो ‘अन्नपूर्ण पहिलो’आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। कारण एउटै छ, संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा भए पनि अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन छ। नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन्।

गण्डकी प्रदेश सरकारले पूर्णिमालाई ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु रहेका छन। पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसक्नुभएको छ ।विदाईमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र लेखा अधिकृत जय सुवेदी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार