मापदण्ड पुरा नगरेका नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडानम्वर ७ र ८ मा रहेका निजी स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न आग्रह गरेको छ । मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय बुधरबार बसेको कार्यपालिकाको बैठकले गरेको छ ।

निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकरण गर्ने र मापदण्ड पुरा नगर्ने संस्थालाई स्प्ष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने ६६ औँ नगरकार्यपालिकाको बैठकबाट निर्णय गरिएको प्रवक्ता रामकृष्णा बराईलीले बताउनुभयो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकमा क्याम्पसचोकको ढल निकास ब्यवस्थापनका लागि ५० लाख र खुल्ला मञ्चको खैलकुद मैदान निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरिएको प्रवक्ता बराईलीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा ड्राईभिङ, ब्युटिपालर, पलम्विङ, इलेक्ट्रिसियन र मन्टेश्वरी तालिम संचालन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ब्यवसायिक कृषि विकास कार्यक्रम अन्तरगत बेनी नगरपालिका–२ को स्यानोलेक कृषक समुह मार्फत खाद्यान्नबाली र वडानम्वर ५ को भगवती कृषक समुहलाई मौरीमालनको पकेट क्षेत्र कार्यक्रम संचालन गर्दै ६ लाखको दरमा १२ लाख रुपैया बजेट विनियोजन भएको प्रवक्ता बराईलीले बताउनुभयो । यसैगरी, बेनपा २ स्थित हाडेभिर र वडानम्वर ३ भकिम्लीको छेपारेमा रहेको साझा सुविधा केन्द्रको भवन मर्मत गर्ने कार्यपालिकाको बैठकमा निर्णय भएको जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार