नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा हुने

बेनी । नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेला म्याग्दी ,सदरमुकाम बेनीमा हुने भएको छ । केन्द्रीय समितिको आयोजना र नेपाल मगर विद्यार्थी संघ ,म्याग्दीको व्यवस्थापनमा आगामी फागुन २७ र २८ गते रजत जयन्ती समारोह तथा ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा आयोजना हुने व्यवस्थापक नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीका सचिव समिर रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार,उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा र बन्दसत्र मगर संघको सभाहलमा सञ्चालन हुनेछ । ‘अधिकार सम्पन्न मगरात प्राप्तिसहितको स्वायत्तता, वैज्ञानिक, व्यहारिक र संघीय शिक्षा प्रणालीको पक्षमा ११ औं राष्ट्रिय विस्तारित भेला ’ भन्ने मूल नाराका साथ बेनीमा आयोजना हुने मगर विद्यार्थी संघको रजत जयन्ती समारोह तथा ११ औं राष्ट्रिय भेलाको तयारी तिब्र पारिएको नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष विजय घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक सहयोग संकलन र प्रचारप्रसारमा तिब्रता दिइएको छ । रजत जयन्ती समारोह तथा राष्ट्रिय विस्तारित भेलालाई सफल बनाउन सहयोग गर्न अध्यक्ष घर्ति मगरले अपिल समेत गर्नुभयो ।

आयोजक केन्द्रीय  समिति ५७ जना ,सातै वटाप्रदेश समितिबाट २८ जना ६६ जिल्लाबाट एक सय ३२ जना ,विश्व विद्यालय समितिबाट १४ जना, सल्लाहकार १९ जना गरेर पाँच सय जना बढी सहभागि हुने आयोजकले जनाएको छ । गत बर्ष कार्यक्रमको तय गरिए पनि कोभिड–१९ का स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार