मौलिक लोक भाका शिरफुले गितको छायांकन

चर्चित लोक गायक/गायीकाद्धय गर्बुजा र थापा सम्मानित

बेनी । मौलिक लोक भाका  शिरफुले गितको छायांकन गरिएको छ ।नेपालका वरिष्ठ लोक गायक खड्ग गर्बुजा र लोक गायिका धनकुमारी थापाको स्वरमा रहेको मौलिक लोक भाका शिरफुले गीतको पर्बतको जलजला गाउँपालिका वडा नम्बर २, स्थित वगरफाँटमा छायांकन गरिएको हो । मगर समुदाय संगै म्याग्दीको पुख्र्यौली एवं लोपोन्मुख लोक संस्कृती शिरफुले भाकालाई म्युजिक भिडिओ मार्फत थप उजागर र जिवन्त दिन म्युजिक भिडिओ बजारमा ल्याउन लागिएको गायीका थापा मगरले बताउनुभयो । चर्चित गायक गर्बुजाले म्याग्दीका मौलिक लोक भाकाहरुको संरक्षणमा नयाँ पुस्ताहरुले पनि चासो दिनु पर्ने बताउनुभयो ।

गायिका थापाको शब्द ÷सिर्जना र संकलन रहेको म्युजिक भिडिओको क्रीयटिभ मिडिया प्रोडक्सन प्रा.लि.का सञ्चालक निर्देशक भुपेन बानियाँले निर्देशन तथा छायांकन गर्नुभएको छ। मगर समुदायको संस्कृति र पहिचान झल्किने गरि छायांकन गरिएको उक्त भिडिओमा चर्चित थाली नाचलाई पनि समावेश गरिएको छ । भिडिओ निर्माणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी र मगर संघ म्याग्दीले व्यवस्थापन गरेको थियो ।

सोही अवसरमा नेपाल मगर संघ ,म्याग्दीले गायक गर्बुजा र गायीका थापालाई सम्मान गरेको छ । लामो समयदेखि मौलिक लोक संस्कृतिको संरक्षण र गायनमा सक्रिय गर्बुजा र गायीका थापा मगरलाई सांगितिक मार्फत म्याग्दीको मौलिक लोकगित , कला र संस्कृतीको जगेर्ना तथा देशविदेशमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै नेपाल मगर संघ ,म्याग्दीले सम्मान गरेको हो ।गर्बुजा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङ र थापा रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलाकी हुनुहुन्छ ।

गर्बुजा र थापालाई पर्वतको जलजला गाउँपालिका–२ स्थित बगरफाँटमा मंगलबार एक कार्यक्रमका विच मगर संघ ,म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले सम्मानपत्र ,ढोरो र पछ्यौरीले सम्मान गर्नुभएको मगर संघ जिल्ला समन्वय समितिका सदस्य हिराबहादुर पुनले जानकारी दिनुभयो । यसैगरी ,सोही अवसरमा प्रतिष्ठान म्याग्दीले पनि सम्मान गरेको छ ।

लामो समयदेखि मौलिक लोक संस्कृतिको संरक्षण र गायनमा सक्रिय गर्बुजाले चियरबाटै गीत गाएर देश, विदेश घुम्नुभएको छ । २०४३ सालमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते गर्बुजा खुट्टाले हिँड्न नसक्ने भए पनि ह्विल चियरबाटै गीत गाएर वाहवाही पाउनुभएको छ । २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन यात्रामा लागेका गर्बुजाले झन्डै १ हजार गीतमा आवाज दिनुभएको छ ।

पानी खायो बाघैले, आकासैमुनी, हेर्दा हेर्दै कान्छीले लगायत छ्याउरे, सालैजो, यानीमायाका चर्चित गीत गाउनुभएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कार लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाउनुभएको छ ।२०३१ सालदेखी सांगितिक यात्रामा लाग्नुभएकी गायीका थापाले यानीमाया ,अबिजाले माया ,धौलागरी अञ्चल हाम्रो बेनी बजर ,हितैको माया कहाँ होला भनि घुमाउछु नजर लगायत दुई सय भन्दा बढी चर्चित गितमा आवाज दिनुभएको छ । शिरफुले संगै सालैजो ,यानीमाया लगायत गित गाउनुभएकी गायीकाले दर्जनौं पुरस्कार तथा सम्मान पाउनुभएको छ । गायीका थापा चर्चित थाली नाचको सर्जक समेत हुनुहुन्छ। कार्यक्रममा नेपाल मगर संघ, पुख्यौली संघका अध्यक्ष खप्रसाद गर्बुजा ,नेपाल मगर मगर संघ जिल्ला समन्वय समितिीकी सल्लाहकार खिमा पुर्जा र सांस्कृतिक संघकी अध्यक्ष मुस्कान पुन लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार