सुरेन्द्र महर्जन अमरको छायाँ एल्बम सार्वजनिक

काठमाडौं । ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जनुुअमरू को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ‘म भन्दा नी’मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ ’ प्रदिप ग्लानको स्वरमा ‘आँसु झर्दा पुच्छी दिने’रिता के.सीको स्वरमा ‘थाहै नपाई’ आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ‘तिम्रो कसम’ र लुमा स्याङ्ग्बोको स्वरमा ‘रमझम रमझम लाग्छ तिमी साथ हुँदा’रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेन्जर पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदि रहेको छ । कार्यक्रममा गायक प्रदिप ग्लानले मिठो म भन्दा नि–३ को गीत गाउएर मनोरञ्जन गराउनुको साथै मन्तव्य व्यक्त गरेको थियो । पत्रकारहरू कविराज बुढाथोकी, तुलसी गिरी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठआदिले सुरेन्द्र महर्जनुुअमरू को कृति बारे धारणा राख्नु भएको थियोे । ओएसनेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार