भरूवा बन्दुकसहित स्याङ्जामा २ पक्राउ

काठमाडौं । स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार