नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार २७ रहेको छ ।

आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । ८३ जना क्‍वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार