म्याग्दीमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

म्याग्दीमा विविध कार्यक्रम गरेर ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना चियापान तथा शुभकामना आदानप्रदान गरेर राष्ट्रिय सहकारी दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीकी सचीव ज्योति लामिछानेले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी अभियानलाई जोड दिइएको बताउनुभयो ।

उहाँले स्थानीय तह ,प्रदेश र संघले सहकारी मैत्री कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश गिरिले जिल्ला सहकारी संघले उपेक्षा गरेको बताउनुभयो ।यसैगरी ,कार्यक्रममा सहभागिहरुले सहकारीको भावना, मर्म र सिद्धान्त अनुसार स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन आवश्यक भएको बताएका थिए ।सहकारीहरुबीच नीतिगत एकरुपताको आवश्यकता औल्याइएको थियो ।कार्यक्रममा सहकारीका सचिव माधवप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।भने  बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार