कालिगण्डकी नदीमा पानीको बहाव बढ्यो ,ठेकेदारको लापबाहीले भुरुङ तातोपानी जोखिममा

सुरेन गुरुङ
पाेखरेबगर ।बुधबार रातिदेखि परेको बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । नदीमा बढेको पानीको बहाबले बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ र ३ खण्डमा निर्माणाधिन सडक र बस्ती संरक्षण निर्माणमा प्रयोग भएको मिस्चर सहित उपकरण बगाएको बेनी–जोमसोम–कोरोला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गयरातीदेखी परेको बर्षाका कारण नदीमा पानीको बहाव बढेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाही र  ढिलासुस्तीले तातोपानी बजार थप जोखिममा परेको छ ।बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गत वडा नम्बर २ र ३मा पर्ने १९ किलोमिटर सडक र बस्ती संरक्षण निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड जेभीको लापरबाही र ढिलासुस्तीका कारण तातोपानी बजार जोखिममा परेको हो । आयोजना निर्माण समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि वेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार