त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् । फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार