थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि ,६७१६संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । हाल देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १ सय ४५ जनाले ज्यान गुमाएका छन् । यो संगै कारोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ रहेको छ । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार