प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको थियो । खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए ।

माधव नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए । नेकपा रहुञ्जेल एकै पक्षमा रहेर केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गरेका प्रचण्ड–नेपाल पछिल्लो समय फेरि टाढिनु परेको छ ।

बिहीबार नेता नेपाल पनि ओलीलाई नै साथ दिने भएपछि उनीहरुबीचको विश्वास टुट्दै गएको अड्कल गर्न सकिन्छ । नेता नेपाल पक्षका सांसदले राजीनामा दिएको भए विहीबार नै ओली पदमुक्त हुने थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार