मनकारी जनप्रतिनिधि : अध्यक्ष भण्डारीद्धारा आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान

म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण दिनानुदिन कोरोना संक्रमितका विरामीको संख्या बढ्ढै गएको छ । जसले गर्दा  कोरोाना महामारी संग लड्न जनशक्ती ,स्वास्थ्य सामाग्री ,विरामी बोक्ने एम्बुलेन्स तथा भौतिक संरचनाको संकट पनि बढदै गएको छ ।

यस्तो अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफुले प्रयोग गर्दै आएको निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ । गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको ग २ च २४९५ नम्बरको स्कार्पियो गाडी चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलाई अध्यक्ष भण्डारले हस्तान्तरण गर्नुभयो ।

                 रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी

समुदायस्तरमा कोरोनाको जोखिम बढेको र जुनसुकै समयमा पनि संक्रमितलाई अस्पताल सम्म पु¥याउनुपर्ने भएकाले कोरोनाको संक्रमण रहेसम्म आफूले गाउँपालिकालाई निशुल्क रुपमा प्रयोग गर्ने गरी गाडी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाभित्रका विरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था र अस्पताल सम्म लैजाने–ल्याउने काम संगै स्वाबलाई परिक्षणको लागि लैजाने क्रममा जिल्लाका अन्य पालिकाहरुको लागि समेत उपयोगमा आउने गरि उक्त स्कार्पियोलाई एम्बुलेन्सको रुपमा परिचालन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

’एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको कैयौँ समाचार पढ्दा अत्यन्त दुःख लागेको छ ,’उहाँले भन्नुभयो ’तसर्थ आफूले प्रयोग गरिरहेको निजि गाडी गाउँपालिकामा संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पु¥याउनका लागि एम्बुलेन्सको रूपमा प्रयोग गर्न गाउँपालिकालाई दिएको छु ।’

                       रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी

अध्यक्षले प्रदान गर्नुभएको गाडीलाई एम्बुलेन्सका रुपमा पालिकामा २४ सै घण्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । अध्यक्ष भण्डारीले आफ्नो निजी जीप एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेकाले संक्रमितलाई अस्पताल सम्म पु¥याउन सहयोग मिल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । जीपमा स्वास्थ्य उपकरणहरु जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिने उहाँले बताउनुभयो ।महामारीको समयमा विपन्न परिवारका नागरिकहरु उपचार गराउनबाट बञ्चित नहुन भन्ने उदेश्यले निशुल्क सेवा दिन गाउँपालिकाको आफ्नै एक वटा, अध्यक्ष भण्डारीले उपलब्ध गराएको एक वटा र भाडामा लिएका एक वडा गरि तीन वटा सवारी साधन व्यवस्थापन गरेको सुवेदीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार