कैलालीमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना हुदाँ चार जना घाइते

धनगढी । नेपालगञ्जबाट महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर आउँदै गरेको गाडी कैलालीको घोडाघोडीमा दुर्घटनामा परेको छ।घोडाघोडी नगरपालिका–५ डोकबजार नजिकै पूर्वबाट पश्चिम आइरहेको म १ ख ३०४ नम्बरको मिनी ट्रक पछाडिको टायर पड्केर अनियन्त्रित हुँदा सडकबाट दक्षिणतर्फ पल्टिएर दुर्घटना भएको हो।

चालक बर्दिया बाँसगडीका २८ वर्षको कर्ण बहादुर थापाले चलाएको उक्त गाडी पल्टिँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए।

घाइते हुनेहरूमा सहचालक कैलाली लम्कीका किरण सलामी, नवलपरासी तिलकपुर गाउँपालिका–५ का अजय चौधरी, बाजुरा बुढीगंगा नगरपालिकाका गणेश रावत र कञ्चनपुर झलारीका दिनेश राना छन्।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अस्पतालका लागि ल्याउँदै गरिएका अक्सिजन सिलिण्डर ट्रक पल्टेर बाटोमै रोकिएपछि बिरामीलाई नियमित दिनपर्ने अक्सिजनको अभाव भएको अस्पतालले जनाएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार