श्रीमानद्वारा सिलौटो प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेका हुन्। रामबली साहतेलीको घरमा डेरा गरी बस्ने ३५ वर्षीय विजयलाल कर्णले श्रीमती ३२ वर्षीया उषादेवी कर्णको हत्या गरेका हुन्। घरायसी विवादका कारण सिलौटोले उषादेवीको टाउकोमा हानेर हत्या गरेको डिएसपी कुँवरले बताउनुभयो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले विजयलाल कर्णलाई नियन्त्रणमा लिएको छ। हरिवनका प्रहरी निरीक्षक अवदेशकुमार यादवका अनुसार शव पोष्टमार्टमको लागि मलंगवा पठाइएको छ। घरायसी विवाद भएको भन्ने खुलेको छ। ठ्याक्कै कारण सबै खुलेको छैन,’ प्रहरी निरीक्षक यादवले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार