बाल विवाह गरेको आरोपमा मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

इटहरी । बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुलासहित दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ।

मंगलबार राति लगनमा देवानगञ्ज–५ पाल टोलमा फूलचन पालको घरमा हरिनगर–४ का मिथिलेश र देवानगञ्ज–१ का रमानन्द पालकी १९ वर्षीया छोरीको विवाह भइरहेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा बाल विवाह रोकी बेहुला मिथिलेश र फूलचनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ गरिएका दुवैलाई बाल विवाहमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सुनसरीको दक्षिणी क्षेत्रमा बाल विवाहको अवस्था गरिब, विपन्न, मधेसी समुदायका साथै सीमान्तकृत समुदाय दलित, जनजाति र मुस्लिममा समुदायमा उच्च रहेको छ। कानुनमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न, गराउने कार्यलाई अपराध मानेको छ। तर समाजमा बाल विवाह रोकिएको छैन। अभिभावक सहमत भइसकेपछि छोरीले सहजै स्वीकार गरेर विवाह गर्ने चलन छ।nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार