लकडाउनले सुनसान बेनी ,थप कडा बनाउन सेना परिचालन (फोटो फिचर)

बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप व्यवस्थित बनाएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

‘ जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनलाई व्यवस्थित गर्दै समुदाय स्तरमा थप कोरोना फैलिन नदिन स्थानीय तहको सहकार्यमा पीसिआर परिक्षणका लागि नमुना स्वाब संकलन,संक्रमित विरामीको उपचार तथा कन्ट्याक ट्रेसिङलाई निरन्तरता दिएका छौैं ,’प्रअिअ अधिकारीले भन्नुभयो । कोरोना संक्रमितको उपचारको लागि स्थानीय तहले यसअघिका पाँच बेडको अस्थायी कोभिड अस्पताल पुनः संचालनाम ल्याएको उहाँले बताउनुभयो । उहाँले कोरोना महामारी विरुद्ध सेना परिचालन गरिएको बताउनुभयो । निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन गरिएको उहाँको भनाई छ ।

https://myagdinews.com/2021/05/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%af%e0%a4%be%e0%a4%b5%e0%a4%b9-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%95/

 

 

लकडाउन भएपछि सदरमुकाम बेनी संगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द भएका छन् । तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेम्म संचालन गर्न पाउने बैठकले निर्णय गरेको थियो ।
यसैगरी बेनी बजार भित्रने मुख्य नाका कालिपुलमा सुरक्षा जाँचलाई सुरक्षाकर्मीले कडा बनाएका छन् । सार्वजनिक वा निजि यात्रु तथा मोटर साइकल समेत सञ्चालन हुन सकेका छैनन्। भने मालवाहक सवारी साधन समेत अनुमति लिएका मात्र आंशिक रुपमा चलेका छन् ।

 

 

https://myagdinews.com/2021/05/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b6-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%89%e0%a4%a8/

 

अस्पताल,औषधालय ,स्वास्थ्य सामाग्रीका पसलहरु खुलेका छन् । यसैगरी लकडाउनलाई थप कडा बनाउन सदरमुकाम बेनीमा नेपाली सेना परिचालन गरिएको छ । जिल्लामा लकडाउनलाई कडाई गर्दै बजारमा कोरोना महामारी विरुद्ध सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र संलग्न मजदुरहरुको हकमा सम्बन्धीत आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित ठाउँमा बस्ने प्रवन्ध मिलाउन भनिएको छ । जमघट र भेला हुने धार्मिक ,सांस्कृतिक र सामाजिक कार्यक्रम सन्चालन गर्न निषेध गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा शनिबार सम्म कोरोना संक्रमितको कुल संख्या ८७९ पुगेको छ । भने सक्रिय कोरोना संक्रमितको संख्या ४४५ रहेका छन् ।  तस्विर : म्याग्दी न्युज डट्कम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार