बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए ।

अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्ने मध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।–सिन्ह्वा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार