भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो।विमान गएराती ९ः३० बजे दुर्घटनामा परेको हो । भारतीय वायुसेनाले विमान नियमित प्रशिक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ।

दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको छ । एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ। खराब मौसमका कारण उद्धार टोली राती करिब साढे ११ बजे मात्रै पुगेको थियो । आज विहान ३ बजे पाइलट चौधरीको शव उद्धार टोलीले निकालेको थियो ।

चौधरीको गर्धन भाँच्चिएर मृत्यु भएको एएनआइले जनाएको छ । दुर्घटनाग्रस्त विमान जमिनको पाँच फुट तलसम्म धस्सिएको थियो भने करिब सय फुट वरपरसम्म विमानका भग्नावशेष छरिएको उद्धार टोलीले जनाएको छ । विमान दुर्घटनाको छानविन गर्न भारतीय वायु सेनाले कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार