म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अनुसार म्याग्दीको बेनी नगरपालिका बाहेकका सबै पाँच वटै गाउँपालिकाले ५÷५ लाख रुपैयाँँ पाउने भएका छन् ।

 

 

 

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार प्रदेशका कुल ८५ मध्ये ७३ पालिकामा स्वास्थ्य पूर्वाधार विकासका लागि सो रकम खर्चिन सक्ने जनाइएको छ । बाँकी १२ पालिकामा समेत स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भए तत्काल पठाउने निर्णय भएको उहाँले बताउनुभयो।बाँकी पालिकामा पनि स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भएमा तत्काल पठाउने निर्णय भएको न्यौपानेले जानकारी दिनुभयो ।

 

‘ उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन्’मुख्यमन्त्री गुरुङले भन्नुभयो । ‘कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वय गर्नुपर्छ । प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले थप्नुभयो, ‘यो संकटको बेला हो । सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार