म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकाका १ जना, अन्नपूर्ण गाउँपालिकाका १ जना, रघुगंगा गाउँपालिकाका ७ जना, धवलागिरी गाउँपालिकाका ३ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकाका २ जना गरी १५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११९ जना रहेका छन्।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १३१६ जना पुगेको छ । जम्मा संक्रमित मध्य पिसिआरबाट १०३५ जना र एन्टिजेन विधिबाट २८१ जना पहिचान भएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी शनिबार मात्र ६९ जना निको भएका छन् ।जिल्लामा ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।म्याग्दीबाट स्वाब संकलन गरेर पठाइएका मध्य ६०६वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार