गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा पहिरो निरिक्षण ,त्रिपाल र खानेपानी पाइप वितरण

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबादुर गर्बुजा पुनले वडा नम्बर ५ का विभिन्न ठाउँमा गएको पहिरोको स्थलगत निरिक्षण गर्नुभएको छ । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले शनिबार वडा नम्बर ५ का धस्केखरे,स्वात र स्वभितामा केही दिनयताको अविरल बर्षाका कारण गएको पहिरोको स्थलगत निरिक्षण संगै विस्थापित सथानीयलाई त्रिपाल र खानेपानी पाइप वितरण गर्नुभएको छ । बाढी पहिरोबाट विस्थापित पीडितहरुको तथ्याङक संकलन गरेर राहत र पुर्नस्थापनको लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुन संगै कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा र वडा सचिव कुलप्रसाद आचार्य लगाउत स्थलगत निरिक्षणमा पुग्नुभएको थियो । यसैगरी कार्यबाहक वडा अध्यक्ष तिलिजाले व्यक्तीगत रुपमा धस्केखोर किन्दुमा खानेपानी पाइप खरिद गरेर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नम्बर ५  मा दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पाउद्धारका विभिन्न ठाउँमा पहिरोले क्षती पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार