जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

सो स्वास्थ्य सामाग्री वडा अध्यक्ष पिपला बुढा मार्फत देविस्थान स्वास्स्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । गाउँमा कोरोना संक्रमणदर थप फैलिन नदिन रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको देबिस्थान म्याग्दी जापान सम्पर्क समाजका अध्यक्ष बेग फगामीले बताउनुभयो । वडा अध्यक्ष बुढाले सहयोगप्रति जापानमा रहेका देविस्थानबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी सोही अवसरमा विपन्न परिवारकी गर्भवती तारा परियारलाई सुत्केरी खर्च दश हजार सहयोग गरिएको सुर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्वास्थ्य सामाग्री बेनीदेखी देविस्थान सम्म पु¥याउन विपिन खड्काले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार