पत्रकार गौतमको पहलमा भकिम्ली स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बेनी ।म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली स्वास्थ्यचौकीलाई एकथान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। म्याग्दीका पत्रकार हरिकृष्ण गौतमको पहलमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलले नेपाल मेडिकल एशोसियसनबाट उक्त कन्सन्ट्रेटर उपलब्ध गराउनुभएको हो ।

शरीरमा अक्सिजनको अभाव भएका बिरामीलाई स्वास्थ्य चौकीमै सेवा दिने उद्देश्यले वडा अध्यक्ष पदम पुनलाई हस्तान्तरण गरिएको थियो ।सहयोग हस्तान्तरण गदैं पत्रकार गौतमले भकिम्लीमा आवश्यकता देखेर सहजिकरण मात्रै गरको बताउनुभयो ।

भकिम्लीबासीको आवश्यकतालाई मध्यनजर गरी उक्त सहयोग जुटाउनुभएकोमा वडा अध्यक्ष पुनले धन्यवाद सहित आगामी दिनमा समेत सहकार्यका लागि तयार रहेको बताउनुभयो । वडा अध्यक्ष पुनले भकिम्लीका ओझेलमा परेका क्षेत्रका प्रचारप्रसार सहित विद्यालउमा पुस्तकालय स्थापना लगायत विभिन्न शैक्षिक र मानवीय सेवामा पत्रकार गौतमको योगदान उच्च रहेको बताउनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य रत्न जिसी, स्वास्थ्य चौकीका प्रमुख धिरेन्द्र शाह, सिनियर अनमी तारा बुढाथोकी, स्थानीय अगुवा यूवा पूर्णबहादुर पुन लगायतको उपस्थिति रहेको थियो । वडाभित्र अक्सिजनको सिलिण्डरभन्दा बिरामीको सहजताका लागि कन्सन्ट्रेटर उपयोगी हुने स्वास्थ्यकर्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार