बुबा–आमाको सम्झनामा ४ लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना , देविस्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

बेनी । यहाँका एक परिवारले आफ्ना स्वर्गिय बुबा आमाको सम्झनामा चार लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना गर्नुका साथै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ ,देविस्थान घर भई हाल यु.के.मा बस्नुहुने पदमबहादुर र उदिमा बुढाथाकीले स्वर्गिय बुबा लालप्रसाद बुढाथोकी र स्वर्गिय आमा सर्कनी बुढाथोकीको सम्झनामा देविस्थानको स्वास्थ्य चौकीमा आपतकालिन कोषका लागि चार लाख रुपैयाँको ‘स्मृति कोष’ स्थापना गर्नुभएको हो ।

शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय सेवामा सहयोग गदैं आउनुभएका बुढाथोकी परिवारले सोही वडाको देविस्थान स्वास्थ्य चौकीलाई समेत स्वास्थ्य उपकरण सहयोग गर्नुभएको छ । प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी कोष स्थापना भएको सुर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त आपतकालिन कोषमा वडा अध्यक्ष पिपला बुढाले ७ हजार, वडा सदस्यहरु मिम पुन ५५ सय, सु. दिलबहादुर पुन ५ हजार, राजमती पुन बुढा ५ हजार, स्वास्थ्य चौकी प्रमुख तेजिन्द्र राना ७ हजार ५५० सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष बुढाले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कोष स्थापना भएपछि अप्ठ्यारोमा परेका सहयोगमा सहज हुने बताउनुभयो । उहाँले देविस्थानबासीको उपचार सहित हरेक समस्यामा प्रवासीको सहयोगले सहज हुने गरेको बताउनुभयो । सहयोगदाता, जनप्रतिनिधि, यूवा क्लवका प्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थितीमा कार्यविधि बनाएर कोषलाई ब्यवस्थित बनाउने वडा अध्यक्ष बुढाको भनाई छ ।

सोही अवसरमा देविस्थान स्वास्थ्य चौकीलाई पदमबहादुर बुढाथोकीले स्वर्गिय मातापिता सर्कमी र लालप्रसाद बुढाथोकीको स्मृतिमा खाट, बेडकभर ५÷५ सेट, श्रीप्रसाद र बिना बुढाथोकी हाल बु्रनाईले २ थान अक्सिजन सिलिण्डर र फ्लो मिटर २ थान, १ थान ह्विलचियर, दमसरा फगामीले स्वर्गिय श्रीमान देबबहादुर फगामीको ६१ औं पुन्यतिथिमा एक थान ह्विचियर र एक थान बैकल्पिक प्रेसर सिस्टम सेट सहयोग गर्नुभएको थियो ।

वडा अध्यक्ष बुढाको अध्यक्षता,स्वास्थ्य चौकीका इन्चार्ज तेजेन्द्र रानाले संचालन गर्नुभएको कार्यक्रममा क्लब अध्यक्ष घर्तिले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि मिम पुन ,होमबहादुर बुढा र तुलप्रसाद बुढाले बोल्नुभएको थियो ।त्यस्तै सोही अवसरमा सामाजिक तथा मानविय सेवामा सक्रिय सुर्यमुखी युवा क्लबलाई पदमबहादुर बुढाले २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार