माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरुको पद रिक्त

काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १र१ जना छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार