म्याग्दीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८ जना, रघुगंगा गाउँपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकामा २ जना गरी १२ जना पिसिआर बिधिबाट र रघुगंगा गाउँपालिकामा २२ जना र बेनी नगरपालिकाका २ जना र मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २०६८ जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट १५३४ जना र एन्टिजेनबाट ५३४ जना पहिचान भएका हुन् । जिल्लामा २७२ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज १७ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार