स्थानीयले नदीमै पुगेर धर्ना बसेपछि राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

बुटवल । राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो।

‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन् नगर्न स्थानीय तहहरु र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको छं,’ दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भन्नुभयो।

राप्ती नदीमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, लमही नगरपालिका, बबइ गाउँपालिका, दङ्गशिरण गाउँपालिका, बङ्गालाचुली गाउपालिका, शान्तीनगर गाउँपालिकालगायत १० वटा स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छन् ।

अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभावी र तोके भन्दा धेरै परिमाण उत्खनन् गर्दै आएका नागरिक समाज दाङका अध्यक्ष केबी मसाल बताउनुहुन्छ । प्रशासनले नदीहरुमा उत्खनन् शुरु भए लगत्तै प्रभावकारी अनुगमन गरेर मापदण्डविपरीत भए रोक लगाउनुपर्नेमा अन्तिम समयमा मेसिन प्रयोगमा रोक लगाएको बताउनुभयो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार