काठमाडौंमा बस्ने म्याग्दीली महिलाहरुद्धारा मालिका गाउँपालिकालाई आर्थिक सहयोग

बेनी । काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुले स्थापना गरेको उपकार महिला समुहले जिल्लाको मालिका गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको अभियानलाई सफल बनाउन काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुद्धारा स्थापित उपकार महिला समुहले पचास हजार रुपैयाँ सहयोग गरेको हो। सो आर्थिक सहयोग रकम गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तारण गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न गाउँपालिकालाई आर्थिक सहयोग गरिएको उपकार महिला समुहकी अध्यक्ष चन्द्रमति जुग्जालीले बताउनुभयो ।सहयोगप्रति गाउँपालिका अध्यक्ष रोका मगरले  महिला समुहलाई धन्यवाद दिनुभयो । उहाँले सो सहयोग रकम गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमित बिरामीको उपचारमा सहयोग गर्ने बताउनुभयोे ।

गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा स्वाब संकलन गरेर परिक्षणदर बढाउने ,विरामीको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन वार्ड संचालन लगायत वडा स्तरमा विभिन्न संघसंस्थाको सहकार्यमा सचेतनामुलक कार्यक्रम संचालन गरेको अध्यक्ष रोका मगरको भनाई छ । सो महिला समुहले काठमाडौंमा रहेका आर्थिक रुपमा विपन्न म्याग्दीलीहरुको स्वास्थ्य उपचार लगायत क्षेत्रमा सेवा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार