म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण ,सक्रिय संक्रमित संख्या २२८

बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २१११ जना पुगेको छ ( पिसिआरबाट १५४५ जना र एन्टिजेनबाट ५६६ )। जिल्लामा २२८ जना सक्रिय संक्रमित रहेका छन् । आज १५ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । अझै १८वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार